
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच आज ह्वाइट हाउसमा भेटवार्ता हुँदै छ ।
यो वर्षको सुरुवातमा दुई नेताबीच भएको चर्काचर्की बहसपछि उनीहरूबीच पहिलोपटक आज भेट हुन लागेको हो । तर, यसपटक भने जेलेन्स्की युरोपेली सहयोगीहरूसमेत लिएर ह्वाइट हाउस जाँदै छन् ।
जेलेन्स्कीसँगै नाटो महासचिव मार्क रुट्टे र बेलायती प्रधानमन्त्री सर केयर स्टार्मर पनि ह्वाइट हाउस जानेछन् । उनीहरूले रुससँगको युद्ध अन्त्य गर्ने उपायहरूबारे वार्ता गर्नेछन् ।











