Logo
Logo

सेयर बजार ९.१६ अङ्कले बढ्यो


315
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार घटेर बन्द भएको नेप्से, आज भने बढेर बन्द भएको हो ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

सोमबार नेप्से परिसूचक ९.१६ अङ्क बढेर २७७०.३९ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स १.६६ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.६६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अङ्क बढेको छ ।

नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ७ अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३२० स्टकको ६७ हजार ९५९ पटकको कारोबारमा ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख २९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

सोमबार युनियन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.१० प्रतिशत बढेको छ । त्यस्तै,अप्पर साङ्गे हाइड्रोपावरको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ । कारोबारमा आएको सम्पदा लघुवित्तको सेयरमूल्य ४.८१ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोड ७५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।  त्यस्तै, बुटवल पावर कम्पनीको करिब २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम साढे १८ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । सोमबार  व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशत बढेको छ । अरू बढेका उपसमूहहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ ।  म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक घटेको हो ।

प्रतिक्रिया दिनुहोस्