Logo
Logo

प्रधानाध्यापकलाई अपहरण गरेको आरोपमा युवती पक्राउ, सुतली बम समेत बरामद


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ भदौ ।
सिन्धुलीको तिनपाटन गाउँपालिका -८ तिल्पुङडांडास्थित भिमसेन नि.मा.वि.का प्रधानाध्यापकलाई अपहरण गरेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका(६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


स्कुलमा छात्रवृत्ती बाँडिरहेको अवस्थामा प्रधानाध्यापक नारायण भण्डारीलाई १०/१२ जनाको समूहले अपहरण गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले सोही ठाउँस्थित लायोगाउँको खानीपाखा जंगलबाट भण्डारीलाई सकुशल फेला पारी उद्धार गरिएको प्रहरीले जनाएको छ
प्रतिमाको साथबाट २ वटा खाली सकेट बम र १ थान सुतली बम बरामद भएको घटनामा संलग्न अन्य व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्