Logo
Logo

रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य


945
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य नरहेको पाइएको छ । 

The current image has no alternative text. The file name is: Rabi-Lamichhane.jpg

रुपन्देहीको भैरहवाबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरेपश्चात् सोमबार लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य जाँच गर्ने क्रममा उनको स्वास्थ्य अवस्था सामान्य नरहेको हो । 

हावा, घामलगायत नियमित आवश्यकता लामिछानेको शरीरले नपाएको देखिएको बताइएको छ । ट्रमा सेन्टरका डाक्टर जितेन्द्र प्रसाद यादव नेतृत्वको टोलीले लामिछानेको थप स्वास्थ्य जाँच गरिरहेको छ ।  

भैरहवा कारागारमा रहँदा कोठाभित्रै थुनिएको, हावा पानी नपाएको, अत्यधिक गर्मी रहेका कारण उनको शरीरमा केही समस्या देखिएको हुन सक्ने आशङ्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्