
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले मङ्गलवार आफ्नो चौथो खेल खेल्दै छ । नेपाली समयअनुसार सोमबार बिहान ११:१५ बजे नेपालले हुरिक्यान्ससँग प्रतिस्पर्धा गर्नेछ ।
टप इन्ड टी– २० सिरिज अन्र्तगत आफ्ना तीन खेलमा नेपालले लगातार हारको व्यहोरेको छ । अन्य देशका जुनीयर र कलब टीमसँग नेपालको राष्ट्रिय टीमले लज्जास्पद प्रदर्शन गरेको छ ।
पछिल्लो पटक त्रिकोणात्मक प्रतिस्पर्धामा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्ड्सजस्ता बलिया टिमलाई घुँडा टेकाइदिएपछि समर्थकहरूको महत्त्वाकाङ्क्षा ह्वात्तै बढेको थियो । यो सिरिजमा नेपालको प्रदर्शनले दर्शकलाई निराश बनाएको छ । अष्ट्रेलियाको कन्डिसनमा नेपालको ब्याटिङ र बलिङ त्यति अभ्यस्त हुन नसकेको अलिले सम्मका खेलले देखाएको छ ।
दीपेन्द्र-रोहित फ्लप
दीपेन्द्रसिंह ऐरीले पहिलो खेलमा २४ बलमा १९ रन बनाएका थिए । जो आफैमा खराब पारि हो । सो खेलमा उनले बलिङ पनि महँगो साबित भयो ४ ओभर बल गर्दा ३३ रन खाए र १ विकेट लिए । दोस्रो खेलमा ४ ओभर बलिङ गर्दा २२ रन दिएर १ विकेट लिए । सो खेलमा उनले ३ बलमा जम्मा १ मात्रै जोडे । तेस्रो खेलमा पनि उनी फ्लप नै रहे । तेस्रो खेलमा उनले ४ ओभर बलिङ गदाई ३७ रन खर्चिए । ब्याटिङमा जम्मा एक रन मात्रै जोडे ।
यस्तै अर्का महत्त्वपूर्ण खेलाडी र नेपाली टिमका क्यापटेनको पनि निकै खरा अवस्था रहेको छ । तेस्रो खेलमा उनले बलिङमा ४ ओभरमा २७ रन दिए । ब्याटिङमा ३१ बलमा ३३ रन बनाए । यो उनको टेस्ट पारी जस्तो देखिएको छ । दोस्रो खेलमा १३ बलमा १० रन मात्रै जोडे । पहिलो खेलमा ४ ओभर बलिङ गर्दा २३ रन खर्चिए । सो खेलमा पौडेलले २१ बलमा २३ रन बनाए ।
नेपालको खराब प्रदर्शन
नेपालले तीनवटै खेलमा पहिले बलिङ ग¥यो । पहिलो खेलमा नेपालले टस जितेर बलिङ रोजेको थियो भने दोस्रो तेस्रो खेलमा टस हारेर पनि बलिङकै निम्ता दियो । तीनवटै खेलमा नेपालको हारको प्रकृति उस्तै उस्तै छ । प्रतिद्वन्द्वी टिमलाई बलियो स्कोरबाट रोक्न नसक्नु र पछ्याउने क्रममा रन रेट मेन्टेन गर्न नसक्नु नेपालको कमजोरी देखिन्छ । नेपालको प्रदर्शन ब्याटिङ र बलिङ दुवैमा अपेक्षित छैन, यद्यपि व्यक्तिगत स्तरमा केही ब्याटर र बलरले राम्रो खेलिरहेका छन् । म्याचविनिङ पारी भने कसैले पनि खेल्न सकेका छैनन् ।
पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भयो । टी– २० म्याचमा यो फराकिलो हार हो । एनटीएसले दिएको १७८ रनको टार्गेट पछ्याउने क्रममा नेपालले ८ विकेट क्षतिमा ३८ रन मात्र जोड्न सक्यो । यो म्याचमा नेपालको टप अर्डर फ्लप भएको थियो भने मध्य क्रमले अलिकति इज्जत जोगायो ।
दोस्रो म्याचमा नेपालले बङ्गलादेशको ‘ए’ टीमसँग उस्तै खालको पराजय व्यहोर्नुपर्यो । बङ्गलादेशको ‘ए’ टिम लर्तरो छैन । यसमा अधिकांश बङ्गलादेशको राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरू छन् । टेस्ट राष्ट्रको ‘ए’ टिम भनेको वैकल्पिक राष्ट्रिय टिम पनि हो । यदि राष्ट्रिय टिममा कुनै स्थान खाली भयो भने ए टिमबाटै जाने हुन् । त्यसैले ‘ए टिम पनि हा¥यो’ भनेर मुख खुम्च्याउनुपर्ने आवश्यकता छैन ।
बंगलादेशविरुद्धको खेलमा नेपालले आक्रामक सुरुवा तगरेको थियो । ४।५ ओभरमा एक विकेट गुमाउँदा नेपालले ४४ रन जोडिसकेको थियो । तर, पावरप्लेपछि नेपालले नियमित विकेट गुमाउँदै गयो र रनरेटमा पनि ब्रेक लाग्यो । पछि आउने ब्याटरहरुले प्रेसर थाम्न सकेनन् । कुशल मल्ले प्रयास गरेका थिए । तर उनले ४७ बलमा बनाएको ५९ रन नेपाललाई जितसम्म पुर्याउन पर्याप्त भए ।
मेलबर्न स्टार्स एकेडेमीसँग खेलमा पनि नेपालले रनरेटमै मार खायो । भुर्तेलले आक्रामक सुरुवात दिलाए । तर, उनी आउट भएपछि नेपालको रनगति ओरालो लाग्यो । आसिफ शेखले सुरुमा टेस्ट शैलीमा ब्याटिङ गरेर टीममाथि दबाब बढाए । यद्यपि, आसिफ र कप्तान रोहित पौडेलको पार्टनरसीपले नेपालको आशा जगाएको थियो । तर नेपालले चाहिएको बेला बाउन्ड्री निकाल्न सकिरहेको थिएन ।
बाउन्ड्रीकै चक्करमा रोहित आउट भए भने दीपेन्द्र सिंह ऐरी पनि चलेनन् । आसिफ पनि दुर्भाग्यपूर्णरुपमा रनआउट भएपछि नेपालको सम्भावना समाप्त भयो ।
यो सिरिजमा अहिलेसम्म नेपालका ब्याटरहरुले आफ्नो स्तरअनुसार प्रदर्शन गर्न नसकेको सत्य हो । कन्डिसनमा अभ्यस्त भएसँगै आगामी म्याचमा नेपालको प्रदर्शन सुधारिँदै जाने आशा राख्न सकिन्छ ।
समग्रमा हेर्दा नेपालको प्रदर्शनमा बलिङमा औसत र ब्याटिङमा केही फितलो देखिएको छ । बलिङतर्फ सन्दीप लामिछाने राम्रो लयमा देखिएका छन् । उनले तीन खेलमा ७ विकेट लिइसके । तर अन्य बलरहरूको प्रदर्शन त्यति सन्तोषजनक छैन । नेपालका अनुभवी फास्ट बलर द्वय सोमपाल कामी र करण केसी पिटिएका छन् । उनीहरूको विकल्पका रूपमा उदाएका दुई युवा बलर नन्दन यादव र रिजन ढकाललाई पनि नेपालले ट्राइ गरिरहेको छ ।
ब्याटिङतर्फ कुशल मल्लले राम्रो लयमा देखिएका छन् । यसअघि खराब फर्मका कारण टिमबाट आफ्नो स्थान गुमाएका उनी आफूलाई फेरि एकपटक साबित गर्न चाहन्छन् । यो प्रतियोगितामा सर्वाधिक रन बनाउने नेपाली ब्याटरमा कुशल अहिलेसम्म अगाडि छन् ।
मध्यक्रमका पपुलर दिपेन्द्रसिंह ऐरीले भने निराश बनाइरहेका छन् । प्रारम्भिक तीनवटै खेलेको प्रदर्शन निकै खराब रहेको छ । दीपेन्द्रलाई आफ्नो आत्मविश्वास फर्काउनका लागि एउटा लामो इनिङको आवश्यकता छ । अन्तर्राष्ट्रिय म्याचमा उनको खराब फर्म नेपालका लागि टाउकोदुखाइ बनिरहेको छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षबाट योगदान दिन सक्ने हुँदा उनलाई रिप्लेस गर्न नेपालले धेरै सोच्नुपर्ने हुन्छ । यस्तै क्यापटेनको पनि निकै खराब प्रदर्शन रहेको छ । यो सिरिजमा पौडेलले कुनै पनि खेलमा सम्झन ल्याएका खेल खेलेका छैनन् । ओपनर आशिफको पनि हालत त्यही नै रहेको छ । लोकेश बमको स्थिति पनि नाजुक नै रहेको भन्न सकिन्छ ।
नेपालले यो प्रतियोगितालाई टि २० विश्वकप छनोटको तयारीका लिएको छ । त्यसैले प्रशिक्षकले सबै खेलाडीहरुलाई पालैपालो ‘टेस्ट’ गर्न खोजेका हुन सक्छन् । विश्वकप छनोटका लागि उत्कृष्ट टिम यसबाट निकाल्ने नेपालको ध्येय पनि हो । नेपालको ब्याटिङ पंति लगभग स्थिर नै भए तेस्रो नम्बरमा कसलाई खेलाउने भन्ने अन्योल देखिएको छ । लोकेश बमलाई यो स्थानका लागि तयार पार्न खोजिएको बुझिन्छ । तर, दुई वटा म्याचमा उनले त्यति प्रभाव पार्न सकेनन् । ठुला सटहरू खेल्ने क्षमता भए पनि स्ट्राइक रोटेट गर्ने क्षमताको उनीसँग अभाव छ ।
आरिफ टिपिकल एक दिवसीय खेलाडी हुन् जो स्ट्राइक रोटेट गर्नमा रुची राख्छन् । नेपाल हारको सङ्घारमा पुगिसकेपछि सातौँ नम्बरमा बल्ल उनको पालो आयो । यस्तो सिचुयसनमा सुहाउँदो ब्याट्सम्यान होइनन् उनी ।
अन्याय त गुल्शन झामाथि पनि भइरहेको छ । म्याचविनरका रूपमा चिनिने गुल्शन ब्याटिङ लाइनअपमा धेरै पछाडि हुँदा पर्याप्त बल खेल्नै पाइरहेका छैनन् । आउनासाथ ब्याट घुमाइहाल्नुपर्ने दबाब उनलाई पर्ने गरेको छ । आज त उनको पालो आठौँ नम्बरमा आयो जतिबेला खेल नेपालको हातबाट फुत्किसकेको थियो । यो प्रतियोगितामा नेपालले अब कम्तीमा ३ वटा म्याच खेल्न बाँकी छ । अबका प्रतिद्वन्द्वीहरू पनि उस्तै बलिया छन् ।











