Logo
Logo

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा


945
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक यही भदौ २५ गते पार्टीको केन्द्रीय कार्यालय (आलोकनगर) मा बस्ने भएको हो ।

बैठकमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीका अधिवेशन, पार्टीको आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, समाजवादी कार्यक्रम, सांगठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानअन्तर्गत सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रूपान्तरणका लागि समाजवादी अभियानले देशभर पारेको प्रभावबारे पनि समीक्षा गरिनेछ ।

जनवर्गीय संगठनका कार्यप्रगति साथै महासचिव घनश्याम भुसालको नेतृत्वमा गठित कार्यदलले गरेका कामको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गरिने छ ।

साथै समाजवादी विचारधारा भएका दलहरूबीच सहकार्य, समन्वय तथा वामपन्थी शक्तिबीच एकताको प्रस्ताव अनुमोदन गरिने बैठकमा समाजवादी मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल गरिने बताइएको छ। पछिल्लो समय खासगरी पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच मनमुटाव छ ।

प्रतिक्रिया दिनुहोस्