Logo
Logo

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


567
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १२०० रुपैयाँ घटेको हो ।

सोमबार १ लाख ९६ हजार ३०० मा किनबेच भएको सुन आज प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । सोमबार २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदी मंगलबार घटेर २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्