Logo
Logo

उपसभामुख इन्दिरा रानालाई हटाउने तयारीमा कांग्रेस-एमाले


756
Shares

काठमाडौं । सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी तीव्र पारेका छन् । यसै सिलसिलामा एमालेले मङ्गलवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आकस्मिक बैठक बोलाएको छ ।

The current image has no alternative text. The file name is: indra-rana.gif

एमालेले सांसदहरूको हस्ताक्षर सङ्कलनका लागि बैठक बोलाइएको जनाइएको छ ।  यता, नेपाली कांग्रेसले पनि सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठकपछि संसदीय दलको बैठक पनि बस्नेछ ।

राना, जो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोटाबाट उपसभामुख बनेकी छन्, उनको आचरणमाथि प्रश्न उठाउँदै यी दुई दलले उनलाई हटाउने रणनीति बनाएका छन् । प्रतिनिधि सभामा कांग्रेसका ८८ र एमालेका ७९ सांसद छन्, जुन दुई तिहाइका लागि अपर्याप्त छ । साना दलहरूको समर्थनबिना उपसभामुख हटाउन सम्भव नहुने देखिन्छ ।

गत वर्ष पनि यस्तै प्रयास असफल भएको थियो, जसपा नेपाल र जसपाले सहयोग नगरेपछि सो प्रयास असफ भएको हो । रास्वपाले उपसभामुख हटाउने कुनै कदम भए त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको ।

उपसभामुख राना हाल अमेरिकामा व्यक्तिगत भ्रमणमा छन् र भदौ १३ मा फर्कने कार्यक्रम छ । यसबीच, संवैधानिक परिषद्मा आफू अनुकूल नियुक्तिका लागि रानालाई हटाउन खोजिएको  रास्वपाको आरोप छ । 
 

प्रतिक्रिया दिनुहोस्