Logo
Logo

७२ डिएसपी सरुवा, १३ जिल्लाका प्रमुख फेरिए (सूचिसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ भदौ ।
प्रहरी प्रधान कार्यालयले ७२ जना डिएसपीको सरुवा गरेको छ । सरुवामा विभिन्न जिल्लाका इन्चार्जहरु सरुवा भएका छन् ।

सरुवामा १३ जिल्लाका कार्यालय प्रमुख फेरिएका छन् ।

सरुवाअनुसार सल्यानमा गोविन्द थापा, तेह्रथुममा गौतम थापा, कालिकोटमा चक्रबहादुर शाह, मुगुमा चित्रबहादुर भट्टराई, पाँचथरमा दानबहादुर थापा, रोल्पामा नरेश सुवेदी, प्युठानमा सुनील मल्ल, बझाङमा रूपक खड्कालाई पठाइएको छ । त्यस्तै उपत्यकाका तीन वृत्तका प्रमुख पनि फेरिएका छन् ।

त्यस्तै बाजुरामा मदनसिंह महरा, डडेल्धुराम महेन्द्र नेपाल, जुम्लामा माधव काफ्ले, अछाममा योगेन्द्रसिंह थापा तथा डोल्पामा राजु पाण्डेको सरुवा भएको छ ।

कालिमाटी वृत्तमा अपिल बोहरा, जगाती वृत्तमा राजेश थापाको सरुवा भएको छ ।

यसअघि दरबारमार्ग वृत्तमा खटाइएका रामेश्वर पौडेलको त्यहीँ सरुवा भएको छ । इलाका प्रहरी कार्यालय, इटहरीमा अर्जुन केसीको सरुवा भएको छ ।

यस्तो छ सरुवा सूचि

प्रतिक्रिया दिनुहोस्