Logo
Logo

एमाले, कांग्रेस सांसदले भने- उपसभामुख हटाउने प्रक्रिया सुरु भइसक्यो


1.8k
Shares


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रक्रिया सुरु भएको बताएका छन् ।

आज संसदीय दलको कार्यालयमा उपस्थित भएर हस्ताक्षर गरेका एमाले र कांग्रेसका सांसदहरुले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन प्रक्रिया सुरु भइसकेको बबताएका हुन् ।

एमालेका सांसद राजेन्द्र राईले पत्रकारहरुसँग कुरा गर्दै पदीय आचारण अनुसारको व्यवहार नगरेको भन्दै उपसभामुखबाट इन्दिरा रानालाई हटाउने प्रक्रिया सुरु भएको बताए ।

त्यस्तै कांग्रेस सांसद दुर्लभ थापाले उपसभामुखलाई हटाउन आवश्यकता परेको प्रतिक्रिया दिए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘अहिले आवश्यकता पर्यो । अहिले हटाउन सुरु गर्याैं । हस्ताक्षर गर्न दलले निर्देशन दियो । हस्ताक्षर गर्याैं ।’

प्रतिनिधिसभा नियमावलीको नियम २१० मा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सम्बन्धी व्यवस्था छ ।

यो नियम अनुसार कुनै सदस्यलाई सभामुख वा उपसभामुखले आफ्नो पद अनुकूल आचरण गरेको छैन भन्ने लागेमा प्रतिनिधिसभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाई सदस्यको समर्थन प्राप्त गरी पदबाट हटाउने माग गर्दै प्रस्ताव लैजान सकिन्छ ।

उपसभामुख मगरले अमेरिकाको भिसाका लागि लेटरप्याडमा सिफारिस गरेर मानव तस्करी गरेको आरोप लागेको थियो ।उनलाई राजीनामा गर्न आग्रह गर्दा पनि नमानेपछि हस्ताक्षर अभियान सुरु गरिएको सांसदहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्