Logo
Logo

उपसभामुखलाई हटाउनु अहिलेको आवश्यकता हो : कांग्रेस नेता दुर्लभ थापा 


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले उपसभामुख इन्दिरा रानाविरुद्ध पद अनुकूल आचरण नगरेको भन्दै प्रस्ताव ल्याउनुको कारण राजनीतिक आवश्यकता रहेको बताएका छन् । उनले कुनै पनि समस्याको समाधान सही समयमा गर्नुपर्ने तर्क गर्दै अहिले उपसभामुखलाई हटाउनु जरुरी भएको बताए ।

The current image has no alternative text. The file name is: durlabha-tha.gif

शुक्रवार सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद थापाले भने, ‘कुनै पनि कदम आवश्यकता अनुसार चालिन्छ । अहिले यो कदम चाल्नुको कारण समयको माग हो ।’ पत्रकारहरूले उपसभामुखले दल त्याग गरेको प्रमाण एक वर्षअघि नै सार्वजनिक भएको भए पनि अहिले मात्र किन यो विषय उठाइयो भन्ने प्रश्नमा थापाले रोग र उपचारको उदाहरण दिए । उनले भने, ‘मानिसलाई सामान्य दुखाइ भइरहेको हुन सक्छ, तर क्यान्सर पत्ता लागेपछि मात्र त्यसको उपचार सुरु हुन्छ । यो विषय पनि त्यस्तै हो ।’

उनले प्रक्रिया निरन्तर चल्ने र सही समयमा समाधान खोजिएको बताए । थापाले आफूहरू अहिले ‘बिरामीको पुर्जी काट्ने’चरणमा रहेको र त्यसपछिको प्रक्रिया नियमअनुसार अघि बढ्ने बताए । नेपाली कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्