Logo
Logo

उपसभामुख हटाउने विषयमा प्रचण्डले सबै दलसँग छलफल गर्ने


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख हटाउने विषयमा सबै दलसँग छलफल गर्ने भएका छन् ।

आज पार्टी कार्यालयमा बसेको माओवादी पदाधिकारी बैठकले सरकारले बदनियत राखेर उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको निष्कर्ष निकाल्दै सो विषयमा सत्ता पक्ष र विपक्षी दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता अग्नि सापकोटाले उपसभामुख हटाउने सरकारको कदममा बदनियत देखिएको भन्दै यसबारेमा अध्यक्ष प्रचण्डले सत्ता र विपक्षी दलसँग छलफल गर्ने निर्णय भएको जानकारी दिए ।

‘सरकार अधिनायकवाद र तानाशाहीवादतिर जाँदै छ । उपसभामुखलाई हटाउने जमर्को भइरहेको पनि सुन्नमा आएको छ,’ उनले भने, ‘सरकारको यो कदममा बदनियत देखिन्छ । त्यसैले अब अध्यक्षले सत्तारुढ र विपक्षी दलसँग पनि कुराकानी गर्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्