Logo
Logo

प्रेस चौतारीको कार्यक्रममा उद्योगमन्त्री भण्डारीको बबण्डर

केन्द्रीय सल्लाहकार परिषद् सदस्य नन्दलाल चटौतभन्दा पछि आशनग्रहण गराएपछि मञ्चबाटै फालिदिए रजिष्ट्रर


7.2k
Shares

महेन्द्रनगर । प्रेस चौतारी नेपाल कञ्चनपुरको कार्यक्रममा उद्योगमन्त्री वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बबण्डर मच्चाएका छन् । एमाले महासचिव शंकर पोखरेललाई प्रमुख अतिथि बनाएर आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नन्दलाल चटौतभन्दा पछि आशनग्रहण गराएको भन्दै आयोजकसँग रिसाएर मन्त्री भण्डारीले रजिष्ट्रर नै फालिदिएका छन् ।

होटेल ओपेरामा आयोजित कार्यक्रममा महासचिव पोखरेललाई प्रमुख अतिथिको आशनग्रहण गराएपछि अन्य अतिथिको आशनग्रहण गराइएको थियो । मन्त्री भण्डारीलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्य चटौतभन्दा पछि आशनग्रहण गराइएको थियो ।

मन्त्री भण्डारीले रिसाएर कार्यक्रम उपस्थिति रजिष्ट्ररलाई मञ्चबाट फालिदिए । कार्यक्रममा सहभागी नेताको उपस्थितिको हस्ताक्षर गराउन रजिष्ट्रर मन्त्री भण्डारीसम्म पुगेको थियो । भण्डारीले रजिष्ट्रर फालेपछि कार्यक्रममा सहभागीहरु मन्त्रीजस्तो व्यक्तिको व्यवहार देखेर आश्चर्यचकित भएका थिए ।

बैतडीका सांसदसमेत रहेका भण्डारी एमाले केन्द्रीय सदस्य हुन् । उनी आइतबार महेन्द्रनगर आइपुगेका थिए । एमाले कञ्चनपुरको जिल्ला प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न महासचिव पोखरेल पनि आइतबार नै महेन्द्रनगर आएका थिए । महासचिव पोखरेलसहित पत्रकार सम्मेलनमा एमालेका अन्य नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्