
काठमाडौं । जल तथा मौसम विभाग अन्तर्गतको बाढी पुर्वानुमान महाशाखाले आज देशका विभिन्न जिल्लामा बाढीको जोखिम रहेको बताएको छ । महाशाखाले बुलेटिन जारी गर्दै ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक र दार्चुलामा आकस्मिक बाढी आउने उच्च सम्भावना रहेको बताएको हो ।
त्यस्तै इलाम, झापा, मोरङ, उदयपुर, सोलुखुम्बु,, रसुवा, धादिङ, रामेछाप, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, लमजुङ, तनहुँ, गोरखा, जाजरकोट, रुकुम पश्चिम, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, हुम्ला, डोल्पा, कैलाली, कञ्चनपुर, र आसपासका जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।
ती जिल्ला भइ बहने खोला तथा नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
















