Logo
Logo

८९९ संक्रमित थपिए, उपत्यकामा २९८


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ भदौ ।
सोमबार पनि कोरोना संक्रमण उच्च दरमा बढेको छ । २४ घन्टामा ८९९ जनामा संक्रमण भएको छ । जसमध्ये २ सय ९८ जना उपत्यकाका छन् ।


देशका अधिकांश जिल्लामा निषेधाज्ञा भएपनि संक्रमण घट्न सकेको छैन ।
हाल देशभरी १७ हजार ८ सय २२ जना सक्रिय संक्रमित छन् ।
सोमबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यस्तै गतिमा संक्रमण बढेकोमा राज्यको स्रोत साधनले नधान्ने बताए । यसका लागि सर्वसाधरण अब थप सचेत हुन र स्वास्थ्य मापदण्ड लागू गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्