
काठमाडौं । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण प्रयास भएको छ । मुख्यमन्त्री निवासमै जन सुनुवाइ चलिरहेका बेला एक जनाले मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार गरेका हुन ।
दिल्ली प्रहरीले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीमाथि आक्रमण गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
मुख्यमन्त्रीलाई थप्पड हान्ने ३५ वर्षीय व्यक्ति भाजपाकै कार्यकर्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । रेखा गुप्ता २० फेब्रुअरी २०२५ मा भाजपाबाट मुख्यमन्त्री निर्वाचित बनेकी हुन् ।











