Logo
Logo

माओवादीको पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित


819
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पछिल्लो राजनीतिक अवस्था र संसदमा प्रभावकारी भूमिका खेल्नुपर्ने भन्दै माओवादीले बैठक बैठक अनिश्चितकालका लागि स्थगित गरेको हो ।

केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिए । मंगलबार बसेको पदाधिकारी बैकठकले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन खोजेर सरकार अधिनायकवादी तथा निरङ्कुशतातर्फ अगाडि बढ्न खोजेको निष्कर्ष निकालेको थियो ।

सत्तारुढ दल नेकपा एमाले र कांग्रेसले उपसभामुखलाई पदीय आचरण विपरीत कार्य गरेको भन्दै हटाउने तयारी गरेका छन् । त्यसका लागि उनीहरुले आफ्ना सांसदहरुबाट हस्ताक्षर समेत संकलन गसिररहेका छन् ।

प्रतिक्रिया दिनुहोस्