Logo
Logo

नाडामा सवारीसाधन पारखीहरुको मन जित्दै बीवाइडी एट्टो-२, यस्तो छ विशेषता


1.8k
Shares

काठमाडौं । भृकृटीमण्डपमा मंगलबारदेखि ‘नाडा अटो शो’ चलिरहेको छ । अटो पारखीको कुम्भ मेला मानिएको यस अटो शोमा सवारीसाधनमा पारखीहरुको भीड लागेको छ । यस पटक नाडामा उड्ने ट्याक्सीदेखि दुई करोड २० लाख रुपैयाँसम्म पर्ने कारहरु प्रदर्शनीमा राखिएका छन् ।

‘नाडा अटो शो–२०२५’मा विश्व प्रसिद्ध ब्राण्डहरुले सहभागी जनाएका छन् । जसमध्ये विश्व चर्चित चिनियाँ विद्युतीय भेहिकल उत्पादन कम्पनी बीवाइडीको एट्टो २ पनि प्रदर्शनमा राखिएको छ ।

बीवाइडीले एट्टो–२ नेपाली अटो बजारमा पहिलोपटक सार्वजनिक गरेको हो । जसका कारण कार पारखीहरुको बीवाइडी एट्टो २ प्रति आकर्षित देखिएका छन् । बीवाइडी एट्टो २ को स्टलमा फोटो खिच्ने र हेर्नेहरुको भीड लागेको छ ।

हालै सम्पन्न नाइमा अटो शोमा बीवाइडी एट्टो १ चर्चित बनेको थियो । कार पारखीका लागि विश्वमै लोकप्रिय बनेको बीवाइडी एट्टो १ नाइमा अटो शोमा सबैभन्दा बढी बुकिङ भएको थियो । बीवाइडीका एट्टो ३ र डल्फिनको लोकप्रियतापछि साइमेक्सले नाइमा अटो शोमा एट्टो १ र सिलायन–६ मोडल सार्वजजिक गरेको थियो । जुन नेपाली कार पारखीले अत्याधिक रुचाए ।

साइमेक्स इन्कका सेल्स प्रमुख अशुतोष गौतमका अनुसार नाइमा अटो शोमा साठी प्रतिशत बीवाइडी बुकिङ भएका थिए । उनले बीवाइडी एट्टो २ को पनि एकदमै राम्रो रेश्पोन्स आइरहेको बताए । उनले भने, ‘एट्टो २ हेर्ने र बुकिङ गर्नेहरुको लहर लागेको छ । तर, अहिलेसम्म कति वटा बुकिङ भए भन्नेचाहिँ साँझ मात्र थाहा हुन्छ ।’ उनले नाइमा अटो शोमा बीवाइडी एट्टो १ ले ग्राहकको मन जिते जस्तै नाडामा एट्टो २ ले अवलोकनकर्ता र ग्राहकको मन जित्ने विश्वास गरे ।

बीवाइडी एट्टो १ ले अटो बजारमा चर्चा पाइरहेको बीवाइडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इन्मले नाडा अटो शोमा बीवाईडी एट्टो–२ सार्वजनिक गरेको हो ।

बीवाइडी एट्टो २ को विशेषता

एट्टो–२ बीवाईडीको ई–प्लेटफर्म ३.० मा आधारित छ, जसको टप स्पिड १६० किलोमिटर प्रतिघण्टा रहेको छ । कम्पनीका अनुसार यो गाडीमा ४१.१ किलोवाट आवरको एलएफपी ब्लेड ब्याट्री राखिएको छ, जसले एकपटकको चार्जमा ३१२ किलोमिटरको यात्रा गर्न सक्ने क्षमता प्रदान गर्दछ ।

गाडीको लम्बाइ ४३१० एमएम, चौडाई १८३० एमएम र उचाइ १६७५ एमएम रहेको छ, जसमा १४३० लिटरको बुट स्पेस पनि उपलब्ध छ । १७ इन्चको अलोय ह्वील, १०.१ इन्च वा १२.८ इन्चको घुम्ने इन्फोटेनमेन्ट स्क्रिन, ६ वटा एयरब्याग, रियर पार्किङ सेन्सर र ३६० डिग्री क्यामेरा जस्ता अत्याधुनिक फिचरहरूले यो गाडीलाई थप आकर्षक बनाएको छ । कम्पनीले एट्टो–२ को मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्