Logo
Logo

रौतहटमा छुरा प्रहार गरी युवकको हत्या, एकजना पक्राउ


441
Shares

रौतहट । रौतहटको गौर नगरपालिका–५ मा बुधवार दिउँसो छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर–३ भण्टाघर बस्ने २० वर्षीय सनोज रामले यमुनामाई गाउँपालिका–५ झुन्खुनुवाका १७ वर्षीय मोहम्मद सहाबुद्दिनलाई गौरीशंकर क्याम्पस नजिक झुलुङ्गे पुल छेउमा छुरा प्रहार गरेका थिए।

छुरा प्रहारबाट सहाबुद्दिनको पेट, टाउको, छाती र खुट्टामा गहिरो चोट लागी सख्त घाइते भएका थिए । उनलाई प्रहरीले तत्काल प्रादेशिक अस्पताल गौर पुर्‍याए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रुद्र कडेलले जानकारी दिए ।

घटनापछि प्रहरीले रामलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घटनास्थलबाट प्रहरीले चक्कु तथा लागूऔषध गाँजा र वाटर गन पनि बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्