Logo
Logo

गैरआवासिय नेपाली पनि उद्धार उडानबाट नेपाल आउन पाउने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ भदौ ।
गैरआवासिय नेपाली पनि उद्धार उडानमार्फत मंगलबारदेखि नेपाल आउन पाउने भएका छन् । समस्यामा परेका एनआरएनलाई आउन दिने निर्णय सरकारले गरेको छ ।


सम्बन्धित देशको नेपाली दूतावासले सिफारिस गरेको अवस्थामा उनीहरु आउन पाउनेछन् । त्यस्तै, नेपालमा भर्ना भएका विदेशी बिद्यार्थीहरु समेत आउन दिन निर्णय सरकारले गरेको छ ।
सरकारले मंगलबारदेखि केही देशबाट अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरेको छ । दैनिक आठ सयको संख्या नबढ्ने गरी आउन दिने अन्तर्राष्ट्रिय उडान सुचारु गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्