काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भारत र चीनले नेपालप्रति हेपाहा व्यवहार प्रदर्शन गरेको आरोप लगाएको छ ।

आज जारी विज्ञप्तिमा पार्टीले भनेको छ, ‘नेपालको अखण्ड भूभाग कालापानी र लिपुलेक हुँदै भारतबाट चीनको तिब्बतसम्म व्यापारमार्ग विस्तार गर्ने हालैको भारत-चीन सम्झौताप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। नेपाललाई पूर्ण रूपमा बेवास्ता गरी नेपाली भूभागमा व्यापारमार्ग खोल्ने भारत र चीनको निर्णय नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथिको प्रत्यक्ष हस्तक्षेप हो ।’
यसविरुद्ध सशक्त आवाज उठाउन र नेपाल सरकारलाई समस्या समाधानका लागि दबाब दिन पार्टीले सम्पूर्ण देशभक्त नेपालीलाई आह्वान गरेको छ।














