Logo
Logo

पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउन प्रस्ताव


189
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आवश्यक विषयहरू समावेश गर्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले प्रविधिमा आधारित शिक्षालाई पाठ्यक्रममा अनिवार्य रूपमा समेट्नुपर्नेमा जोड दिए । 

The current image has no alternative text. The file name is: chandra-bandari.gif

सांसद भण्डारीले शिक्षकहरूको सरुवा प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित गर्नुपर्ने बताए । शिक्षकहरूले सरुवासम्बन्धी प्रावधानमा आपत्ति जनाएको उल्लेख गर्दै उनले खाली रहेका ठाउँमा सरुवा हुने व्यवस्थालाई स्पष्ट रूपमा कानुनमा उल्लेख गर्न सुझाव दिए ।

यस्तै, प्राध्यापकहरूलाई राजनीतिक गतिविधिमा संलग्न हुन नदिने, पेशागत सङ्घसंस्थामा आवद्ध हुनबाट रोक्ने र विद्यालयकेन्द्रित कार्यमा जोड दिने प्रावधानलाई पनि कानुनमा समेट्नुपर्ने उनको भनाइ छ । साथै, प्राध्यापकहरूलाई नयाँ सङ्घ–सङ्गठन खोल्न नदिने कुरालाई पनि स्पष्ट रूपमा लेखिनुपर्ने उनले बताए। समितिको उक्त बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी प्रतिवेदनमाथि छलफल जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्