काठमाडौं । लोसपा नेपालका सांसद रामप्रकाश चौधरीले शिक्षा विधेयकमा समावेश ‘शिक्षकले बहुविवाह गर्न नहुने’ प्रावधान हटाउनुपर्ने माग गरेका छन् ।

विधेयकको परिच्छेद ८ मा उल्लिखित ‘सार्वजनिक विद्यालयका शिक्षकको आचरण’ सम्बन्धी व्यवस्थामा बहुविवाहलाई निषेध गरिएको छ, तर यो प्रावधान उपयुक्त नभएको उनको तर्क छ ।
‘शिक्षकले बहुविवाह गर्न नहुने भन्ने व्यवस्था हटाउनुपर्छ,’ उनले भने, ‘यो प्रावधानले शिक्षकलाई मात्र लक्षित गरेको देखिन्छ, जबकि बहुविवाहसम्बन्धी नियम सबैका लागि समान रूपमा लागू हुनुपर्छ । शिक्षकलाई मात्रै निशाना बनाउनु उचित होइन ।’ उनले शिक्षक सङ्घले समेत यस प्रावधानप्रति असहमति जनाइसकेको उल्लेख गरे ।














