Logo
Logo

भूमि विधेयक संसदीय समितिबाट बहुमतले पारित


1.1k
Shares

काठमाडौं । भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित भएको छ ।  प्रतिनिधि सभाको  अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयक बहुमतले पारित गरेको हो ।

The current image has no alternative text. The file name is: samiti-bhumi.gif

विधेयकको छलफलबाट माओवादी केन्द्र भने बाहिरिएको छ । माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् । फरक मत लेखेर भोलि शुक्रवार दिए पनि हुने संसदीय समितिका सचिव शिवदत्त बरालले बताए । फरकमतसहित शुक्रवार पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सक्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्