Logo
Logo

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


441
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । यसको प्रभावले देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी क्षेत्रमा आंशिक बदली छ ।

The current image has no alternative text. The file name is: rain.gif

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्छ ।

आज राति पहाडी भूभागमा सामान्यतया बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले यात्रा गर्नुअघि पछिल्लो मौसमी जानकारी लिन महाशाखाले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्