Logo
Logo

आज सुनचाँदीकै मूल्य बढ्यो, कति पुग्यो ?


630
Shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा चारसय रुपैयाँ बढेको हो ।

हिजो एक लाख ९४ हजार आठसय रुपैयाँमा कनिबेच भएको सुन आज बढेर प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर दुईहजार तीनसय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्