Logo
Logo

ओलीले विद्यालाई लगाए गम्भीर आरोप, पार्टी एकतामा असहयोग !


3.2k
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि पार्टी सदस्यता नवीकरणका लागि झुक्याएको गम्भीर आरोप लगाएका छन्। शुक्रवार च्यासलमा आयोजित कार्यक्रममा आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहितका नेतालाई एमालेमा प्रवेश गराउँदै ओलीले यस्तो बताए ।

The current image has no alternative text. The file name is: oli-bidaya.jpg

ओलीले एमाले केन्द्रीय कमिटीको साउन ५-६ को निर्णय उल्लेख गर्दै भण्डारीको पार्टी सदस्यता कायम हुन नसक्ने स्पष्ट पारे । उनले नवौँ महाधिवेशनमा उपाध्यक्ष रहेकी भण्डारीले राष्ट्रपति बनेपछि पार्टी सदस्यता त्यागेको दाबी गरे ।

शीतल निवासबाट बाहिरिएपछि पनि उनले सदस्यता नवीकरण वा नयाँ निवेदन नदिएको ओलीको जिकिर छ । ‘भण्डारीले कर्मचारीलाई झुक्याएर रसिद काटे पनि सदस्यता कायम हुँदैन,’ओलीले भने, ‘बाहिर बोल्दै हिँड्नुभएको छ, तर पार्टीमा निवेदन दिनुभएको छैन ।’ उनले भण्डारीले असन्तुष्ट र जनसङ्गठनमा पराजित व्यक्तिहरूलाई साथ दिएर पार्टी एकतामा असहयोग गरेको भन्दै आक्रोश व्यक्त गरे । ओलीले पार्टीमा अनुशासन कायम राख्न सबैलाई आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्