Logo
Logo

पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा


252
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मनसुनको गतिविधि केही सक्रिय हुने देखिएको छ । हाल देशका पहाडी क्षेत्रमा सामान्यतया बदली र बाँकी क्षेत्रमा आंशिक बदली छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

The current image has no alternative text. The file name is: ktm-rain.gif

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । बागमती र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। मधेस, कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना पनि छ ।  

आज राति कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ । 

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्