Logo
Logo

स्वास्थ्यका खरिदमा अर्काे सेटिङ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ भदौ । महामारीको बेलामा पनि स्वास्थ्य मन्त्रालय अन्र्तगत अनियमितता रोकिएको छैन । स्वास्थ्यका हरेक ठेक्का सेटिङमा चलिरहेका छन् ।

अहिले असामान्य अवस्था भएकाले छोटो प्रक्रियामार्फत खरिद हुने गरेको छ । जसमा कर्मचारी र मेडिकल व्यवसायीबीच पहिले नै सेटिङ हुने गरेको छ । निश्चित कम्पनीको सामान मिल्ने गरी ‘स्पेशिफिकेसन’ बनाएर अनियमितता भइरहेको छ ।

हालै स्वास्थ्य सेवा विभागले अघि बढाएको प्यासेन्ट मोनिटर खरिदमा पनि सेटिङ भइसकेको स्रोत बताउँछ । फिलिप्सको स्पेशिफिकेसनसँग मिल्ने टेण्डर सूचना निकालेर महंगोमा सामान खरिद गर्न लागिएको छ । फिलिप्सको क्याटलक र टेण्डरको स्पेशिफिकेसन एउटै हुनुले पनि मिलेमतो पुष्टि हुन्छ । यसरी चलखेल गरेर साढे दुई लाख रुपैयाँ पर्ने प्योसेन्ट मोनिटरलाई पाँच लाख रुपैयाँ भन्दा बढीमा खरिद गर्न लागिएको स्रोत बताउँछ । त्यसैगरी भेन्टिलेटर खरिदमा समेत सेटिङको तयारी भइरहेको विभाग स्रोत बताउँछ । सरकारले भेन्टिलेटर खरिदका लागि पाँच करोडको बजेट छुट्याइएको छ । सेटिङको कम्पनीलाई अहिले आयात गर्न लगाएर छिटो सामान दिनसक्नेसँग खरिद गर्ने भनी अनियमितता हुन लागेको हो । स्वास्थ्यका अरु धेरै टेण्डरमा यस्तै मिलेमतोको तयारी छ । स्वास्थ्यका हरेक टेण्डरमा स्पेशिफिकेसनमै चलखेल हुने गरेको छ ।

यसअघि ओम्नी, ओम सर्जिकल लगायत कम्पनीसँग पनि सेटिङमा सामान खरिद भएको प्रष्ट भइसकेको छ । अख्तियारले समेत यसमा छानबिन गरिरहेको छ । तर, पनि स्वास्थ्यमा अनियमितता रोकिएको छैन ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई समेत गुमराहमा राखेर एक समूहले अहिले हरेक टेण्डरमा लुट मच्चाइरहेको छ । जसमा मन्त्रीका सल्लाहकार डा.खेम कार्की समेत संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्