Logo
Logo

कसरी गर्दै छन् निजी विद्यालय सञ्चालकहरूले दोस्रो चरणको आन्दोलन ?


630
Shares

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै दोस्रो चरणको चरणबद्ध आन्दोलन घोषणा गरेका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले संयुक्त विज्ञप्ति जारी गर्दै भदौ ८, ९, ११ र १२ गते विभिन्न विरोध कार्यक्रम सञ्चालन गर्ने जनाएका छन् ।

The current image has no alternative text. The file name is: andolan.gif

शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित शिक्षा विधेयकका कतिपय प्रावधान निजी विद्यालयको हितविपरीत रहेको भन्दै सञ्चालकहरूले पहिलो चरणको आन्दोलन सम्पन्न गरेका थिए । शनिवार बसेको संयुक्त बैठकले थप सशक्त आन्दोलनको खाका तय गरेको हो ।

आन्दोलनअन्तर्गत भदौ ८ गते आन्तरिक तयारी र जुम बैठक, ९ गते केन्द्र र प्रदेशमा प्रदर्शन, ११ गते जिल्ला सदरमुकाम र उपत्यकामा अन्तरक्रिया, र १२ गते सिडिओ कार्यालयअगाडि कोणसभा र विद्यालय बन्दको अल्टिमेटमसहित जानकारीपत्र बुझाउने कार्यक्रम छन् ।

निजी विद्यालयहरूले पाँचबुँदे माग अघि सारेका छन्, जसमा कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान हटाउन, पूर्ण छात्रवृत्ति शब्द खारेज गर्न, पोशाक, पाठ्यपुस्तकजस्ता सामग्री उपलब्ध गराउने प्रावधान हटाउन, छात्रवृत्ति वितरणको अधिकार विद्यालयलाई दिन र विभेदकारी छात्रवृत्ति नियम खारेज गर्न माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्