Logo
Logo

राईजिङ स्टार क्रिकेट एकेडेमीले यु-१४ र टि-२० टुर्नामेन्टको आयोजना गर्ने


63
Shares

काठमाडौं । राईजिङ स्टार क्रिकेट एकेडेमीले यु-१४ टि-२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्टको आयोजना गर्ने भएको छ । एकेडेमीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाद्र २४ देखि आश्विन ८ गतेसम्म काठमाडौंमा ओपन क्रिकेट टुर्नामेन्टको आयोजना गर्ने जनाएको हो ।

The current image has no alternative text. The file name is: Cricket.gif

प्रतियोगितामा कुल १७ टिमले लिग र नकआउट चरण खेल्ने आयोजकले जनाएको छ । टिमहरूलाई चार समूहमा विभाजन गरिने र शीर्ष स्थानमा रहने दुईवटा टिमहरु क्वाटर फाइनलमा प्रवेश गर्ने प्रतियोगिता संयोजक सुनिल अमात्यले जानकारी दिए ।

बिजेता टीमले रु ३० हजार नगदका साथै ट्रफी र प्रमाणपत्र तथा उपविजेता टोलीले रु २० हजार प्राप्त गर्ने उनको भनाइ छ ।
प्रतियोगीता अन्तर्गत समूह चरणका खेल र सेमिफाइनल खेल सिफल ग्राउण्ड र फाइनल खेल मूलपानी क्रिकेट ग्राउण्डमा हुने एकेडेमीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्