Logo
Logo

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै


2.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहान १० बजे बैठक बस्न लागेको हो ।

बैठकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल हुने बताइएको छ ।

यस्तै सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले राजीनामा दिएकोबारे पनि बैठकमा छलफल हुनेछ ।

पदीय आचरण विपरीत काम गरेको भन्दै उपसभामुख रानामगरलाई कांग्रेस र एमालेका सांसदहरूले हस्ताक्षर सङ्कलन गरिरहेका छन् ।

यो कार्यको पार्टीभित्रका इतर समूहका नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरोध गरेपछि छलफलका लागि देउवाले बैठक बोलाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्