Logo
Logo

आमसञ्चार विधेयकको विरोधमा कोशीमा पत्रकार महासंघको आन्दोलन घोषणा


315
Shares

काठमाडौं । नेपाल पत्रकार महसंघले पत्रकार र सञ्चारमाध्यमलाई नियमन गर्न बनेको ‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ को विरोधमा आन्दोलन घोषणा गरेको छ ।

दण्ड जरिवानाको प्रावधानसहित विधेयक पास गर्ने तयारी भएपछि कोशी प्रदेश महासंघले आज (सोमबार)बाट भदौ १३ गतेसम्मका लागि चरणबद्ध आन्दोलन घोषणा गरेको हो ।

संविधानको मर्म र भावनाविपरीत तथा पूर्ण प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने अभिप्रायले विधेयक पास गर्ने तयारी भएपछि आन्दोलन सुरु गरेको महासंघले जनाएको छ ।

यस्ता छन् आन्दोलनका कार्यक्रम
भदौ ९ गते (आज) प्रदेशभरिका पत्रकारहरूले आ–आफ्नो सामाजिक सञ्जालमा प्रदेश सरकार र प्रदेशसभालाई विधेयक सच्याउनको निमित्त खबरदारी गर्दै पोस्ट गर्ने । (नाराः ‘कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान, खारेज गर’)

भदौ १० गते भाेलि मुख्यमन्त्री, विभागीय मन्त्री तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता र प्रमुख सचेतकहरूलाई भेटेर विधेयक सच्याउन ध्यानाकर्षण गराउने, ११ गते प्रदेशभरिका पत्रकारहरूले आ–आफ्नो जिल्लाका प्रदेशसभा सदस्यहरूलाई सन्देश पठाउने, १२ गते नेपाल पत्रकार महासंघ प्रदेश समितिको तर्फबाट मुख्यमन्त्री कार्यालय र जिल्ला शाखाहरूले जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना दिने, १३ गते दिउँसो १ बजे विराटनगरस्थित देवकोटा चोकमा १ घण्टा धर्ना दिने रहेकाे छ।

२०८१ माघ १८ गते ‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ विधेयमा दर्ता भएको थियो ।
प्रदेशसभामा छलफलका क्रममा १३ वटा संशोधन दर्ता भएपछि छलफलका लागि प्रदेशसभाको न्याय प्रशासन तथा बिधायन समितिमा पठाइएको थियो । मिनी संसदको रुपमा रहेको समितिले कारवाही र जरिवानाको थप प्रावधानहितको प्रतिवेदन शुक्रबारको प्रदेशसभा बैठकमा पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्