
काठमाडौं । सशस्त्र प्रहरीले नेपाल–भारतको सीमा क्षेत्रबाट ठूलो परिमाणमा चिनियाँ विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) बरामद गरेको छ ।
बर्दियाको मधुवन नगरपालिका–५ को दश नम्बर गाउँको फुलराम चोकबाट स्पेशम्यान एसपि चालिस हजार नामक चिनियाँ विद्युतीय चुरोट एक हजार ९ सय २० थान बरामद गरेको हो ।
उक्त चुरोटको एउटाको बजार मूल्य दुई हजार पाँच सय रुपैयाँ रहेको छ । सशस्त्र प्रहरीका अनुसार बरामद चुरोटको मूल्य ४८ लाख पचास हजार रहेको एसपी मान बहादुर शाहीले जानकारी दिए ।
सीमा क्षेत्रबाट बरामद उक्त इलेक्ट्रिक भेप गुलरियास्थित राजापुर भन्सार कार्यालयमा बुझाउने एसपि शाहीले जानकारी दिए ।














