Logo
Logo

सिआइबीमा चाकरीको ताँती


8.8k
Shares

काठमाडौं । नेपाल प्रहरीको इतिहासमा कोशी प्रदेशबाट एक मात्र व्यक्ति चन्द्रकुवेर खापुङ एआइजीबाट आइजीपी हुने करिब करिब निश्चित भएको छ । अबको एक सातापछि नेपाल प्रहरीका महानिरीक्षक (आइजी)सहित तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ३० वर्षे सेवाअवधी पूरा गरी अवकाशमा जाने भएपछि खापुङको निश्चित भएको हो ।

खापुङ आइजीपी हुने भएपछि अहिले नेपाल प्रहरीका केही अधिकृतहरू चाकरीका लागि सिआइबीतिर लाइन लाग्न थालेका छन् । थापाका नीजि सहयोगी डिएसपी दीवस जीसी पनि अमेरिका पुगेका छन् । यही अवधिमा उनी काठमाडौ आएपछि विदाईको चाजोपाजो मिलाउने बताइएको छ ।

संसदमा विचाराधीन नेपाल प्रहरी विधेयक २०८१ संसदको नियमित प्रक्रियाबाट जारी हुने सम्भावना नहुँदा प्रहरीको विद्यमान ऐनअनुसार ३० वर्षे सेवा अवधी पूरा गरी आइजीपी थापासहित एआइजीहरु टेक तामाङ, सुदीप गिरी १८ भदौमा घर जाने भएका हुन् ।

कृष्णहरि शर्मा पोखरेल भने १४ गते नै घर जानेछन् । आइजीपीमा २०५१ सालकै व्याची खापुङलाई एकल चिठ्ठा परेको छ । उनी पनि साढे दुई महिना मात्रै आइजीपी हुनेछन् । प्रहरी नियमावलीमा भएको व्यवस्था उनको लागि परिवर्तन हुने संभावना निकै कम रहेको छ ।

नियमावली परिवर्तन भएपछि ४ एआइजीका लागि ९ जना प्रतिस्पर्धी रहेका छन् । राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएकाहरु र नेपाल प्रहरीमै भर्ना भएकाहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ । गत २०८१ मंसिर र पुसमा एसएसपीबाट डिआईजी बढुवा हुने अधिकृत अब हुने एआईजी बढुवाका दाबेदार हुन् । मंसिरमा बढुवा भएका ४ जना र पुसमा डिआईजी भएका ५ जना प्रतिस्पर्धामा हुनेछ । जससमा डिआईजीहरु सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन् । उनीहरु राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीका आएका हुन् ।

२०८१ मंसिरमा डिआईजी बढुवा भएका ८ जनामध्ये तीनजना अवकाशमा गइसकेका छन् । सोही बढुवामा डिआईजी भएका सिद्धिविक्रम शाह एआईजी भइसकेका छन् । अनुसन्धान विभागमा उनीहरू एउटै मिति २०५३ पुस ५ मा भर्ना भएपनि तालिम लगायतका विषयले उनीहरु नेपाल प्रहरीभित्र जुनियर मानिदै आएका छन् । यीमध्ये राठौर प्रहरी प्रधान कार्यालयको प्रबन्ध शाखा, चतुर्वेदी मधेस प्रदेश, श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख छन् । अहिले बरियतामा अगाडि रहेकाले एआईजी बढुवामा उनीहरुको सम्भावना प्रबल छ । उनीहरु तीन जना एआइजी हुने संभावना अधिक रहेको छ ।

यसैगरी २०८१ पुस २८ मा डिआईजी बढुवा भएका ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया पनि एआईजी बढुवाको लागि दावेदार हुन् । यी पाँचैजना नेपाल प्रहरीको इन्स्पेक्टरमा २०५४ चैत १८ मा भर्ना भएका हुन् । यसमध्ये कार्की कोशी, भट्ट लुम्बिनी, आचार्य गण्डकी, पौडेल बागमती प्रदेश प्रहरी प्रमुख छन् । उनीहरुका व्याची दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी एआइजी भैसकेका छन् ।

खापुङपछि कार्की, अधिकारी, केसी र अनुसन्धान विभागबाट स्थानन्तरण भएका शाहबीच आइजीपीका लागि प्रतिस्पर्धा हुनेछ । कार्की, अधिकारी, केसी र शाह नै क्रमशः एकदेखि चार नम्बरको वरियतामा रहेकाले उनीहरुबीचको प्रतिस्पर्धा रोचक हुने नेपाल प्रहरीका अधिकारीहरुले जनाएका छन् । उनीहरुमध्ये तीन जना शक्ति केन्द्रसँग नजिक रहेका छन् ।

केसी पनि माओवादी र रवि लामिछानेसँग नजिक रहेका छन् । यद्यपि उनलाई यो सरकारले आइजीपी बनाउने संभावना कमजोर रहेको छ । नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका उनी माओवादी र रवि लामिछाने निकट मानिन्छन् । कार्की, अधिकारी, शाह भने शक्ति केन्द्रलाई आफ्नो वशमा पार्न सक्नेगरी दौडधुप गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्