Logo
Logo

इन्सपेक्टरसहित तीन प्रहरी निलम्बित


- दृष्टि न्युज/संवाददाता


रौतहट, १६ भदौ ।

हिरासतमा रहेका व्यक्तिलाई यातना दिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी निलम्बनमा परेका छन् ।
निलम्बित हुनेमा प्रहरी निरीक्षक नवीनकुमार सिंह, हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नुकुमार सिंह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार विज्ञप्ति जारी गरी रौतहटको गरुडा नगरपालिका– ८ बस्ने २० वर्षका निरञ्जन रामको हत्या आरोपमा नियन्त्रणमा लिइएका विजय महराको सोधपुछका क्रममा मृत्यु भएको घटनामा ती प्रहरीलाई निलम्बन भएको जनाएको हो ।
निलम्बित प्रहरी निरीक्षक सिंहलाई गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट जाँचबुझ समाप्त नहुञ्जेलसम्म ६ महिनाका लागि निलम्बन गरिएको हो ।
त्यसैगरी प्रहरी हवल्दारद्वय धुनिया र सिंहलाई थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुञ्जेलसम्मका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यातना दिने प्रहरीलाई कारबाहीको माग गर्दै स्थानीयहरुले केही दिनयता नियमित प्रदर्शन गर्दै आएका छन् । सोही प्रकरणमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपीलाई समेत सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्