काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । विधान महाधिवेशनमा लैजाने प्रस्तावहरूमाथि छलफल गर्न १३ भदौका लागि तोकिएको बैठक स्थगित गरिएको हो । बैठक अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन मस्यौदा माथि आएको सुझावहरू मिलाउनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।
एमालेको दोस्रो विधान महाधिवेशन २०-२२ भदौमा तोकिएको छ । उक्त महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन मस्यौदा पछाइकै लागि समय लाग्ने भनेर १३ भदौमा बैठक बोलाइएको थियो ।














