काठमाडौं । दीपेन्द्र सिंह ऐरीको अलराउन्डर प्रदर्शनमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) माथि दोस्रो अभ्यास खेलमा ६ विकेटको जीत निकालेको छ ।

दास्रो खेलमा जितको लागि ९७ रनको सहज लक्ष्य नेपालले १३.२ ओभरमा नै ४ विकेटको नोक्सानीमा पुरा गरेको हो । नेपालका पहिलो क्रमका तीन ब्याटरले दोहोरो रन छुन सकेनन् ।
ओपनर भीम सार्की ८ रनमा, आशिफ शेख ४ रनमा र कप्तान रोहित पौडेल ९ रनमा आउट भए । त्यसपछि गुलशन झा र दीपेन्द्र सिंह ऐरीले चौथो विकेटको लागि ३९ रनको साझेदारी गरे । गुलशन २३ रनमा आउट भए ।
३१ बल खेलेका दीपेन्द्रले १ चौका र ३ छक्कासहित अविजित ४२ रनमा रहँदै जित दिलाएका हुन् । आरिफ शेख अविजित ११ रनमा रहे । एसिटीका इ रहेमानले २ तथा एल इभान्स र डि दुबेले १/१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको एसिटीले १७.२ ओभरमा सबै विकेट गुमाएर मात्र ९६ रन बनायो । टोलीका कुनै खेलाडी नेपाली बलर सामु क्रिजमा टिक्न सकेनन्।
सानदार बलिङ गर्न सफल नेपालको लागि दीपेन्द्र र सहाब अलामले समान ४ विकेट लिए । सहाबले ४ ओभरमा १२ र दीपन्द्रले १३ रन मात्र दिँदै किफायती बलिङ गरे । गुलशन र रोहितलर १/१ विकेट लिए ।
पहिलो खेलमा ह्याट्रिक सहित ५ विकेट लिएका सन्दीप लामिछाने विकेट विहीन रहे । यसअघि आजै भएको भएको पहिलो अभ्यास खेलमा नेपालले टेरिटोरीलाई ४१ रनले हराएको थियो ।











