काठमाडौं । ललितपुरको लगनखेलबाट धर्म प्रचार गरिरहेको आरोपमा अमेरिकी नागरिक पक्राउ परेका छन् ।

सोमबार राति अध्यागमन विभागको टोलीले इसाई धर्म प्रचार गरिरहेको आरोपमा अमेरिकी नागरिकलाई पक्राउ गरेको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । पक्राउ पर्नेमा डानियल एस कोरनी छन् ।
उनी सन् २०१५ देखि नै नेपाल आउ जाउ गरिरहेका थिए । पछिल्लो समय ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए।
लगनखेलको बसपार्कमा उभिएर उनले बाइबल पढेर इसाई धर्मको प्रचार गरिरहेको भिडिओ विभागको टोलीले पाएको थियो । उक्त भिडिओ पाएपछि विभागले पक्राउ गर्न टोली पठाएको थियो।














