Logo
Logo

राजनीतिमा नयाँ पुस्ताको ‘अभिभावक’ बन्छु, रविप्रति सद्भाव छ: विद्या भण्डारी


2k
Shares

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति सद्भाव व्यक्त गर्दै सहकारी प्रकरणलाई अनावश्यक रूपमा राजनीतिकरण गरिएकोमा चिन्ता व्यक्त गरेकी छन् ।

रास्वपाका प्रवक्ता मनिष झासँग मंगलबार बिहान भएको भेटमा भण्डारीले सहकारीको विषयलाई समाधान गर्नुको साटो अनावश्यक राजनीतिक मुद्दा बनाएको भन्दै चिन्ता व्यक्त गरिन् ।

‘वर्तमान असाधारण राजनीतिक अवस्थाबारे उहाँको गहिरो सरोकार र यसको समाधानका लागि आवश्यक पहलबारे छलफल भयो,’ प्रवक्ता झाले भेटपछि भने, ‘विशेषगरी सहकारीको विषयलाई समाधान गर्नुको साटो अनावश्यक राजनीतिक मुद्दा बनाएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो र रविजीप्रति सद्भाव छ भन्नुभयो।’

भेटका क्रममा पूर्व राष्ट्रपति भण्डारीले राजनीतिमा नयाँ पुस्ताको आगमनलाई सकारात्मक भन्दै उनीहरूलाई सघाउन आफू अभिभावकको भूमिका निर्वाह गर्न तयार रहेको बताएकी थिइन्।

उनले भविष्यमा पनि राजनीतिक संवाद र भेटघाटलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको झाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्