
काठमाडौं । दोलखाको भीमेश्वरमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गएराति करिब ९ बजेतिर भीमेश्वर नगरपालिका–६ स्थित रमितेडाँडामा बा.५३ प ८८९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापति २४ वर्षीय सिरिस बस्नेतको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा च्छोरोल्पा अस्पताल चरिकोटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस्नेतले चलाएको मोटरसाइकलमा बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय सुजन भनिने श्यामबहादुर खत्री पनि सवार थिए । दुर्घटनामा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अर्का बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ बस्ने २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् । उनलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














