
काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् ।
ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई ईनर्जि लिमिटेडको समेत अध्यक्ष रहेका पौडेललाई सञ्चालक समितिको आज बसेको बैठकले बैंक सञ्चालक समिति अध्यक्ष चयन गरेको हो ।
व्यवस्थापकीय क्षमताका आधारमा पौडेललाई कृषि विकास बैंक सञ्चालकमा पठाइएको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्व गरेको २५ वर्ष भन्दा लामो व्यावसायिक अनुभव छ ।
वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने योजनाकार पौडेलले चितवन मेडिकल कलेज, नेपाल क्यान्सर अस्पताल जस्ता संस्थाहरूको सफलता पूर्वक नेतृत्व गरिसकेका छन् ।














