Logo
Logo

काठमाडौं-मुग्लिङ सडकखण्ड दुईतर्फी अवरुद्ध


567
Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकास्थित सातकिलो भन्ने ठाउँमा पहिरो खसेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी नै अवरुद्ध भएको छ । आज बिहान साढे तीन बजेतिर पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको हो ।

सोही स्थानमा गएराति पनि एकपटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो । राति खसेको पहिरो पन्छाएर केही घण्टा सवारी साधन चले पनि आज बिहान पुनः खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए । अहिले पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्