Logo
Logo

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ


3.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ परेका छन् । एक महिलाले दिएको उजुरीका आधारमा बुधबार पाँडेलाई नेपाल प्रहरीको साइबर ब्युरोले पाँडेलाई पक्राउ गरेको हो ।

उनलाई उजुरी परेको विषयमा बुझ्नुपर्ने भनी साइबर ब्युरोमा प्रहरीले बोलाएको थियो । ब्यूरो उपस्थित भएका पाँडेलाई प्रहरीले पक्राउ गरेको हो।

पाँडेलाई आज (बिहीबार) म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी प्रहरीको छ । पाँडे रास्वपा सरकारमा सहभागी भएका बेला राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्