
काठमाडौं । बाढी पहिरोले मध्य पहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
गएराति पाँचथरको याङवरक गाउँपालिका दोभानस्थित इङ्वा खोलामा आएको बाढीले डाइभर्सन माथिबाट पानी बग्न थालेपछि मध्य पहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।
त्यस्तै बिहान ६: ४० बजे गुल्मीको कालिगण्डकी गाउँपालिका–२ राक्सेमा माथिबाट आएको पहिरोले कालिगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।
सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारीसाधन तथा यात्रु बाटोमै अलपत्र परेका छन् ।














