Logo
Logo

पाटन अस्पतालमा कोरोनाबाट आमा–छोराको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ भदौं । पाटन अस्पतालमा कोराना संक्रमणका कारण आमा छोराको मृत्यु भएको छ । गएराति (मंगलबार) उपचारकै क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरका ती ४० वर्षीया पुरुषको संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
चार दिनअघि मात्रै ती पुरुषकी आमाको कोरोनाकै कारण पाटन अस्पतालमै मृत्यु भएको थियो । १५ दिनअघि छोरामा कोरोना संक्रमण देखिएको थियो । त्यसलगत्तै उनलाई भेन्टिलेटरमा राख्नु परेको थियो । त्यसपछि आमालाई संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्