Logo
Logo

सिटिजन्स बैंकको ‘सेमिनार अन कोशी लिडरसिप’ सम्पन्न


189
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोशी प्रदेशमा सेमिनार सम्पन्न गरेको छ । ‘सेमिनार अन कोशी लिडरसिप: इन्स्पाएरिङ पर्फमेन्स एन्ड अचिभिङ एक्सिलेन्स’ नाम दिइएको उक्त सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेल, उपप्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको हो ।

सेमिनारमा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा एवं चालू आर्थिक वर्षका प्राथमिकतामा छलफल गरिएको थियो । त्यसैगरी, केन्द्र र प्रदेशबिच सहकार्य सुदृढ गर्नेबारे पनि छलफल भएको बैंकले जनाएको छ । बैंकका अनुसार हालै मात्र मधेश र बागमती प्रदेशमा सेमिनार सञ्चालन गरिएको थियो, त्यसैको निरन्तरतास्वरूप कोशी प्रदेशमा पनि आयोजना गरिएको हो । बाँकी प्रदेशमा समेत सेमिनार हुने बताइएको छ ।

बैंकले गत आवको असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानीजस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।

समीक्षा अवधिभरमा बैंककोे कर्जा प्रवाहमा ११.१५ प्रतिशतले बढ्दै एक खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । बैंकका शाखा सञ्जाल ६१ जिल्लामा फैलिएका छन् । कुल दुई शाखा, एक सय ६९ एटिएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङबाट वित्तीय सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्