
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा एसपी बालनरसिंह राणाको जिम्मेवारी खोसिएको छ ।
कैलाली कारागारमा एक जनाको ज्यान जाने गरी भएको घटनालाई लिएर राणाको जिम्मेवारी खोसिएको हो । गत बैशाखमा कैलाली सरुवा भएका उनलाई पाँच महिनामै प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।
कैलालीको नयाँ एसपीको रुपमा नरेन्द्र चन्दलाई पठाइएको प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले बताए । यसअघि कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमालको पनि जिम्मेवारी खोसिएको थियो ।
२३ साउनमा कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए ।











