Logo
Logo

२८०० माथि टिक्न सकेन सेयर बजार


378
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार बढेर २८०० विन्दुभन्दा माथि बन्द भएको नेप्से, आज घटेर पुनः सो विन्दुभन्दा तल झरेको छ ।

The current image has no alternative text. The file name is: Share-Market-Down.jpg

बिहीबार नेप्से परिसूचक ३८.१० अङ्क घटेर २७८१.०० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.७४ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.५५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०२ अङ्क घटेको छ।

नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । बुधवार ७ अर्ब ६८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा ३२२ स्टकको ७८ हजार ३७९ पटकको कारोबारमा ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँबराबरको १ करोड ७८ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । 

विकास हाइड्रोपावरको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयर निरन्तर सातौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । सो कम्पनीको सेयरमूल्य ५१ रुपैयाँ ७० पैसा बढेर ५६८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । मूल्य बढेका अरू स्टकहरुको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको ओरियन्टल होटलको सेयरमूल्य सर्वाधिक ४।७१ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६५ करोड ४४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, हिमालयन रि इन्स्योरेन्सको साढे ६० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम ३५ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत घटेको छ। त्यस्तै,  वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।  म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो ।

प्रतिक्रिया दिनुहोस्