Logo
Logo

प्रचण्ड लक्षित जनार्दनको कटाक्ष- के गर्छस् मंगले, आफ्नै ढंगले


693
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति गठबन्धन फेरेकोमा कटाक्ष गरेका छन्।

बिहीबार बुटवलमा आयोजित ‘वर्तमान राजनीतिक संकट र निकास विषय’को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले चुनाव लगत्तै सरकारको नेतृत्व गर्ने अवसर आए पनि गठबन्धन फेर्ने अभियानमा लागेका कारणले त्यो गुमेको बताए।

‘चुनावपछि सरकारको नेतृत्व गर्ने अवसर पाएको पनि थियो, केही कामको थालनी पनि भएको थियो,’ प्रचण्डतिर लक्षित गर्दै शर्माले भने, ‘तर आफ्नै बुद्धिले के गर्छस् मंगले, आफ्नै ढंगले भन्या जस्तो गठबन्धन फेर्ने अभियानमा लाग्नुको कारणले आज यस्तो ठाउँमा पुग्यो आज जनताको एजेन्डाहरू सम्बोधन गर्ने सम्भावना छैन। अहिले विभिन्न काण्डै काण्ड हेरिराख्नुपरेको छ। त्यसको जिम्मेवार पनि हामी हौँ।’

उनले अब नयाँ पुस्ताले पुराना नेताहरुको भूमिकालाई स्थापित र सम्मान गर्ने तर उनीहरूले गरेका गल्तीबाट सिकेर अघि बढ्नुपर्नेमा समेत जोड दिए।

प्रतिक्रिया दिनुहोस्